अस्पताल भरिएको मौका छोप्दै होटल व्यवसायी, विज्ञापन गरेरै कोरोना संक्रमितलाई निम्तो !

लोकान्तर

काठमाडाैं

परिवर्तन देवकोटा

कोरोनाभाइरस (कोभिड– १९) संक्रमित बिरामीहरूले अस्पतालका बेड भरिँदा होटल व्यवसाय चलायमान हुन थालेको छ । 

मुलुककै ठूला अस्पतालमा समेत जटिल प्रकृतिका नयाँ कोरोना संक्रमितका लागि बेड अभाव हुँदा संक्रमितहरू होटलतर्फ जान बाध्य भएका हुन् । 

कोरोना महामारीका कारण गत माघदेखि प्रभावित बनेको नेपालको होटल व्यवसाय महामारीकै बीचमा चलायमान हुन थालेको छ । 

मुलुकमा कोरोना संक्रमितहरूको संख्या १ लाख नाघिसकेको छ । दिनदिनै कोरोना संक्रमितको दर बढ्दै जाँदा अस्पतालमा बेड अभाव भएको अस्पतालहरूले बताउँदै आएका छन् । काठमाडौं उपत्यकामा रहेका अधिकांश सरकारी तथा निजी अस्पतालका बेडहरू भरिएका छन्, जसका कारण अन्य नयाँ संक्रमितहरू होटलमा क्वारेन्टीन तथा आइसोलेसनमा बस्न थालेका हुन् । 

प्रकाशित मिति: : 2020-10-13 11:41:00

प्रतिकृया दिनुहोस्