अन्तरवार्ता ‘गणतन्त्रमा राष्ट्रप्रमुखको भूमिका पक्षपातपूर्ण देखियो’

नेपाली हुनु, हिन्दु धर्म मान्नुलाई प्रतिगामी सम्झनु उल्टो सोच हो : पशुपतिशम्शेर राणा

रातोपाटी

काठमाडौं
रातोपाटी
रातोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेपाली जनताको उन्नति र चिनारीसहित आफ्नो पार्टी एउटा मजबुत संगठित राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष राणाले आसन्न (०७८ वैशाख २५–२८) महाधिवेशनपछि स्वस्थ प्रतिस्पर्धाबाट पार्टीले प्रष्ट जिम्मेवारी र कार्यादेशसहितको नेतृत्व पाउने र मजबुत राजनीतिक शक्ति बन्ने दिशामा अघि बढ्ने बताए ।

उनले वर्तमान सरकार असफल सिद्ध भएको दावीसमेत गरे । सरकार र प्रमुख प्रतिपक्षीबीच भइरहेको भागबण्डाको राजनीति पनि उनलाई निको लागेको छैन । यस अतिरिक्त उनले गणतन्त्रमा राष्ट्र प्रमुखको भूमिका पक्षपातपूर्ण देखिएको पनि टिप्पणी गरे । प्रस्तुत छ राणासँगको कुराकानीको सम्पादित अंश–

विभिन्न बाधा–व्यवधान किनारा लगाएर लामो रस्साकस्सीपछि पार्टी एकतालाई वैधानिकता दिलाउनु भएको छ । अब के–कसरी अगाडि बढ्ने योजना बनाउनुभएको छ ?

– नेपाली राजनीतिको सम्पूर्ण पाटो समाजवादी विचारधाराले ओगटेको छ । यहाँ त्यो बाहेकको राजनीतिक सोच खास रुपमा अगाडि आउन सकेको छैन । हामीले अख्तियार गरेको सोच भनेको मेरो व्याख्यामा उदारवादी संवर्द्धनवाद हो । यसले दुईवटा कुरा अगाडि लिएर जान खोजेको छ । एउटा पाटो भनेको नेपालको परम्परा, धर्म र संस्कृतिअनुसार नेपालीहरु अगाडि बढ्नुप-यो । अर्को, गरिबीको समस्या नहोस्, नेपालको सम्पूर्ण समुदायले उन्नति गर्न सकोस् भन्ने हाम्रो उद्देश्य हो । यही उद्देश्यले अगाडि बढ्ने हो ।

प्रकाशित मिति: : 2020-10-13 09:28:00

प्रतिकृया दिनुहोस्