कोलकातामाथि बेंगलोरको ८२ रनकाे जित

रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्समाथि ८२ रनको जित निकालेको छ।

जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन सक्यो। कोलकाता कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्।

सुभमन गिल ३४ रनमा रन आउट हुन पुगे। गिलले २५ रनमा ३ चौका र १ छक्का प्रहार गरे।

आन्द्रे रसेल १६ रनमा क्याच आउट भए।

राहुल त्रिपाठी १६, नितेश राणा ९, टम ब्यान्टन र ओईन मोर्गन ८, कमलेश नगरकोटी ४ र प्याट कमिन्स र कप्तान दिनेश कार्तिक १ रनमा आउट भए।

बेंगलोरका वासिन्टन सुन्दरले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। क्रिस मोरिसले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। युजभेन्द्र चहल, इसुरु उडाना, मोहम्मद शिराज र नवदीप सैनी एक एक विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो। 

बेंगलोरलाई बलियो लक्ष्यमा पुर्याउन एवी डिभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का सहित ७३ रनमा अविजित रहे। कप्तान विराट कोहली २८ बलमा १ चौका सहित ३३ रनमा अविजित रहे।

कोहली र डी भिलियर्सले तेस्रो विकेटका लागि ४७ बलमा १ सय रनको अविजित साझेदारी गरे। 

बेंगलोरलाई पहिलो विकेटका लागि ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ७।४ ओभरमा ६७ रनको साझेदारी गरेका थिए। 

पाडिक्कललाई ३२ रनमा बोल्ड भए। पाडिक्कलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

फिन्चलाई ४७ रनमा बोल्ड आउट भए। फिन्चले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

आन्द्रे रसेलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए। प्रसिद्ध कृष्णाले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए। 

बेंगलोरले अव बिहिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ। कोलकाताले शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ।

प्रकाशित मिति: : 2020-10-13 06:14:00

प्रतिकृया दिनुहोस्