अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वबरिष्ठ अर्थशास्त्री डा सुकदेव शाहको निधन भएको छ।
८३ वर्षे डा शाहको आइतबार अमेरिको वासिङ्टन डिसी नजिकै रहेको अलेक्जेन्ड्रियास्थित आफ्नै निवासमा निधन भएको हो।
पारिवारका सदस्य किरण प्रताप केसीका अनुसार उनी मुटु रोगी थिए।
‘उहाँको बाइपास सर्जरी भएको थियो। हाल स्वस्थलाभ गरिरहनु भएको अवस्थामै बाथरुममा जानुभएको समयमा अचानक ह्रदयघात हुँदा निधन भयो,’ उनले भने।
स्वर्गीय डा शाहले लामो समय कोषको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।
नेपाल र नेपालीको लागि निकै ठूलो योगदान पुर्याएका उनको श्रीमती, एक छोरा र एक छोरी छन्।