सोमबार, १५ डिसेम्बर २०२५

भक्तपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

News Image
• • •

भक्तपुर अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । 

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार भक्तपुर नगरपालिका ५ भेलुखेलका ५९ वर्षीय पुरुषको आइतबार साँझ उपचारकै क्रममा मृत्यु भएको हो ।

घाँटी क्यान्सर पीडित ती पुरुषकाे स्वास्थ्य समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना गरिएकाे थियाे। 

लगत्तै पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । तीमध्ये, ११ महिला र २८ पुरुष छन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!