बलात्कारीलाई ठीक पार्ने फूलनदेवी 'स्टाइल' : डाँकु बनेर यसरी गरेकी थिइन् २२ जनाको हत्या

लोकान्तर

काठमाडाैं

हरेक दिनजसो बलात्कारका घृणित समाचार सुनिरहँदा हिनताबोध हुनुपर्नेमा गृहमन्त्री रामबहादुर थापा 'बादल' लाजै पचाएर भन्छन्- अरू देशको तुलनामा नेपालमा बलात्कार भएकै छैन । मानौं बलात्कार भनेको तुलना गर्ने, गणना गर्ने कुरा हो ।

आफ्नै  बुवा, दाजु, मामा, काका, हजुरबुवाबाट आज नारीहरू सुरक्षित छैनन् । जेठ १६ मा सुनसरीको धरानमा ३८ वर्षीय बाबुद्वारा आफ्नै छोरी बलात्कृत भइन् । 

मष्टा गाउँपालिका २ बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि निर्मम हत्या भयो, त्यो पनि मन्दिरमा लगेर । शायद भगवान पनि डराउने यस्ता सयौं उदाहरण छन्, जो यहाँ लेख्दा म सामान्य मुटु भएको मान्छेको औंलाहरू लगलगी काँप्छन् ।

आँकडाकै कुरा गर्दा पछिल्लो ६ वर्षको बीचमा बलात्कारका घटना झन् भन्दा झन् बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७०/२०७१ मा ९ सय ५ वटा घटना भएको थियो । त्यो संख्या २०७५/७६ सम्म आइपुग्दा २ हजार २ सय ३३ पुगेको छ । लकडाउनको समयमा देशभरी गरेर १ सय ९ बलात्कारका घटना भए । 

प्रकाशित मिति: : 2020-10-11 09:42:00

प्रतिकृया दिनुहोस्