सोमबार, १५ डिसेम्बर २०२५

कर्णाली सरकारविरूद्ध अविश्वासको प्रस्ताव

News Image
• • •

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध  अविश्वासको प्रस्ताव दर्ता भएकाे छ। आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध  पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

सांसद यामलाल कँडेलको अगुवाइमा दलका १८ जना सांसदलेहस्ताक्षर बुझाएकाे  प्रमुख सचेतक गुलावजंग शाहले बिएल नेपाली सेवालाई जानकारी दिए।

सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए।

 हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन्। 

कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!