कोभिड- १९ को महामारीबीच एसिया बन्दैछ भूराजनीतिको ‘हटस्पट’

अनलाइनखबर

काठमाडाैं

केही महिनायता अमेरिका चीनप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको छ । एकातिर  दुई देशबीचको व्यापार युद्ध पेचिलो बन्दैछ छ भने अर्कोतिर कोभिड-१९, हङकङ र मानव अधिकारको विषयमा वीचमा द्वन्द्व चर्किरहेको छ ।

अमेरिकाले चीनलाई कोरोना भाइरस संसारभरि नै फैलाएको आरोप लगाएको छ । केही समय अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड- १९ लाई ‘चिनियाँ भाइरस’ भन्दै अहिलेको विश्वव्यापी महामारीका लागि अमेरिका जिम्मेवार भएको बताएका थिए ।

यतिबेला अमेरिकाको रणनीति भनेको एसियाका ठूला प्रजातान्त्रिक मुलुकलाई आफ्नो पक्षमा ल्याउने र चीन र  साना छिमेकी मुलुकको विचमा सकेसम्म दुरी सिर्जना गर्ने । अमेरिकाले नेतृत्व गरेको अहिलेको ग्लोवल अर्डरलाई चीनले जर्बरजस्ती पल्टाउन खोजेकाले त्यसलाई साझा विचार भएका मुलुकहरुको विचमा एलायन्स बनाएर प्रतिकार गर्न अमेरिकाले आग्रह गरिरहेको छ ।

यतिवेला संसार नै कोभिड-१९ ले आक्रान्त छ । तर, यहीवीचमा भूराजनीतिक तनाब निकै बढ्दै गइरहेको छ अनि अमेरिका, चीन र भारतका उच्च अधिकारीहरुको दौडधुप पनि बाक्लिएको छ । शक्ति राष्ट्रहरुवीचको टकराब र प्रतिस्पर्धा हेर्दा लाग्छ कि अहिले संसारले भोगिरेहको महामारी केही पनि होइन ।

प्रकाशित मिति: : 2020-10-10 12:16:00

प्रतिकृया दिनुहोस्