लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
ज्वरो आएपछि सभामुख घर्तीले पीसीआर परीक्षणका लागि बिहीबार स्वाब दिएका थिए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक गणेश ओलीले जानकारी दिए।
उनका अनुसार सभामुख घर्ती बुटवल रामनगरस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका छन्।
सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरेका प्रेस संयोजक ओलीले बताए।