काठमाडौं कोरोना हटस्पट : सरकारले हात उठायो, अब भगवान भरोसा !

रातोपाटी

काठमाडाै‌

काठमाडौं । बुधबार र बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनलाइन प्रेस बिफ्रिङमा भनिएको कुरा सुन्नुहोस् । जहाँ उनले ‘कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या भएमात्र अस्पताल लैजाऔं’ भनेका छन् ।  उपत्यकामा रहेका आइसोलेसन वार्डहरु संक्रमितले भरिएपछि सरकारले संक्रमितहरुलाई घरमै बसेर उपचार गर्न भन्न थालेको छ । गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । बिहिबार उपत्यकामा मात्रै २ हजार ५ सय ४० संक्रमित थपिएका छन् । सरकारले गत भदौ मसान्तबाट काठमाडौंमा झन्डै १ महिना जारी गरेको निषेधाज्ञा हटाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । अहिले देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित रहेका छन्, जसमध्ये १४ हजार ९ सय ६७ घरमै बसेर उपचार गरिरहेका छन् । अस्पताल तथा अन्य विभिन्न निकायले तयार पारेको आइसोलेसन सेन्टरमा ११ हजार ७ सय १७ संक्रमित छन् । 

प्रकाशित मिति: : 2020-10-09 07:45:37

प्रतिकृया दिनुहोस्