नेपालको अर्थव्यवस्थामा कोरोनाको सबैभन्दा कठोर प्रहार अनौपचारिक क्षेत्रमा

विश्व बैंकले कोभिड र लकडाउनले आर्थिक गतिविधिमा दक्षिण एशियाको पारेको असर सार्वजनिक गरेका छ। 

बैंकका अनुसार विशेषगरी पर्यटन क्षेत्रमा पुर्याएको अवरोधको क्षति सन् २०२० मा ०‍.२ प्रतिशत मात्र रहेको थियो। अब नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान बैंकले अनुमान गरेको छ ।

 आज सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटका अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हालसम्मकै शुक्ष्म मन्दीमा डुबेको छ। जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एशियालीहरु चरम गरिबीमा धकेलिदैं छन्।

पछिल्ला पाँच वर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलनसहित यस प्रतिवेदनले दक्षिण एशिया भरी अपेक्षा गरिएको भन्दा निकै तिब्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । 

सन् २०२१ मा क्षेत्रिय वृद्धि ४.५ रहने अनुमान छ ।

 जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रति व्यक्ति आय सन् २०१९मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ । 

अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपुर्ति गर्नेछैन भन्ने यसले संकेत गर्दछ।

अघिल्ला मन्दीहरूमा खस्कदो लगानी र निर्यातले गिरावट ल्याउने गरेका थिए ।  

तर यसपालिको अर्थिक मन्दी फरक छ किनभने निजी उपभोग, जुन परम्परागत रूपमा दक्षिण एशियामा मागको मेरुदण्ड र आर्थिक कल्याणको मुख्य सूचक हो, १० प्रतिशतले घट्ने छ जसका कारण गरिबीको दर बढ्ने छ । 

विप्रेषणमा आएको गिरावटले पनि अति विपन्नहरूले तिब्र गतिमा आय श्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ।

 

प्रकाशित मिति: : 2020-10-08 12:47:11

प्रतिकृया दिनुहोस्