‘नयाँ परराष्ट्रनीति तयार पार्दैछौं, पार्टीमा कालो बादल हट्यो’

अनलाइनखबर

काठमाडौँ

कमलदेव भट्टराई/सइन्द्र राई

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारका केही महत्वपूर्ण जिम्मेवारीमा छन् । प्रथमतः उनी नेपाल-भारत सम्बन्ध चिसो बनिरहेका बेला परराष्ट्रमन्त्रीको भूमिकामा छन् । दोस्रो- उनी सरकारका ‘स्पिकर’ अर्थात प्रवक्ता हुन् । तेस्रो- कोरोना रोकथामका लागि गठित सीसीएमसीका उनी सदस्य पनि हुन् । र, चौथो- उनी सत्तारुढ नेकपाका उच्च नेता हुन्, जो प्रधानमन्त्रीसँग नजिक छन् ।

यिनै महत्वपूर्ण भूमिकामा रहेका मन्त्री ज्ञवालीसँग बुधबार अनलाइनखबरको टोलीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर विशेष कुराकानी गरेको छ । मन्त्री ज्ञवालीसँग परराष्ट्र सम्बन्ध, सरकारका काम, मन्त्रिपरिषद हेरफेर, कोरोना नियन्त्रणमा सरकारको योजना र नेकपाभित्रको किचलोका विषयमा प्रश्नहरु सोधिए ।

नेकपामा अध्ययनशील एवं वैचारिक नेताको छवि बनाएका मन्त्री ज्ञवाली पछिल्लो समय आफ्नो ‘दीर्घकालीन भिजन’ अनुसार नयाँ परराष्ट्र नीति तर्जुमा गर्ने कार्यमा जुटेका रहेछन् । हामीले प्रश्नको सुरुवात पनि यहीँबाट गर्‍यौं-

परराष्ट्र मन्त्रालयले नयाँ परराष्ट्र नीति तयार गर्दैछ भन्ने चर्चा छ, कस्तो बन्दैछ नयाँ नीति ?

नेपालले आधारभूतरुपमा सही, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बन गर्दै आएको भए पनि त्यसका आयामहरु चाहिँ विभिन्न ठाउँमा छरिएर रहेको अवस्था छ । केही विषय आर्थिक सहायता नीतिमा, केही राष्ट्रिय सुरक्षा नीति र केही अन्य क्षेत्रमा छरिएका थिए । यसले अध्येता, शोधकर्ता, जिज्ञासु मात्र होइन, सबैलाई नेपालको परराष्ट्र नीतिबारे एकीकृत र लिपिवद्ध दस्तावेज उपलब्ध होस् भनेर नयाँ नीति तयार गर्दैछौं ।

नेपालको राजनीतिक इतिहासमा सन् २०१५ महत्वपूर्ण पानी ढलो हो । हामीले सात दशक लामो राजनीतिक संघर्षलाई निष्कर्षमा पुर्‍याएर लोकतन्त्रलाई संस्थागत गर्‍यौं । हामीले अवलम्बन गर्ने प्रणालीको ढाँचा तय गर्‍यौं । एकदमै प्रगतिशील संविधान जारी गर्‍यौं र हामी अधिकार प्राप्तिको चरणबाट समृद्धिको युगमा प्रवेश गर्‍यौं ।

प्रकाशित मिति: : 2020-10-08 08:18:21

प्रतिकृया दिनुहोस्