सोमबार, १५ डिसेम्बर २०२५

थिएम फ्रेन्च ओपनको क्वाटरफाइनलबाट बाहिरिए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

युएस ओपन च्याम्पियन डोमिनिक थिएम फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन्।

बुधबार बिहान भएकाे खेलमा डिएगो श्वार्ट्जमनसँग पराजित भएर बाहिरिएका हुन्। 

पाँच घण्टा लामो खेलमा अस्ट्रियन थिएमले अर्जेन्टिनी खेलाडी डिएगोसँग  ७–६ (७–१), ५–७, ६–७ (६–८), ७–६ (७–५) र ६–२ को सेटमा पराजित गरेका हुन्।

जीवनको पहिलो ग्राण्ड सलाम उपाधि जितेको दुई हप्तापछि नै फ्रेन्च ओपनमा थिएमले आफ्नो खेल सुरु गरेका थिए। उनी यसअघि फ्रेन्च ओपनमा दुई पटक फाइनलमा पुगेका थिए।

थिएमले खेलमा आफूले शारीरिक रुपमा आफ्नो सीमा भन्दा बाहिर गएर खेलेको बताएका छन्। उनले भनेका छन्, ‘मैले अन्तिममा मेरो सम्पूर्ण जित दिएको थिएँ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!