जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा

विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन्।

पेरिसमा सोमबार भएको खेलमा रुसका करेन खाचनोभलाई पराजित गर्दै सर्बियन जोकोभिच क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।

जोकोभिचले करेनमाथि ६-४,६-३ र ६-३ को सेटमा जित निकाले।

जोकोभिच १४औँ पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका हुन्।

जोकोभिचले अन्तिम आठमा पाब्लो बुस्टा र डानिलबीचको विजेतासँग खेल्ने छन्।

प्रकाशित मिति: : 2020-10-06 06:07:23

प्रतिकृया दिनुहोस्