‘जाडोमा कोरोना सङ्क्रमण झन् बढ्न सक्छ, दशैँमा फोनबाटै मान्यजनको आशीर्वाद लिऔँ’

रातोपाटी

काठमाडौँ

 

शम्भु दंगाल 

अमेरिकामा झन्डै २७ वर्ष सङ्क्रामक रोगबारे प्राध्यापन, अनुसन्धान र उपचारमा खटिएका डा. जनक कोइराला कोरोना सङ्क्रमण सुरु हुनुभन्दा २ साताअघि नेपाल आएका थिए । नेपालका अस्पतालमा काम नगरे पनि हाल उनी नेपाल स्वास्थ्य परिषदमा परामर्शदाताका रूपमा काम गरिरहेका छन् ।

त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस गरेर २७ वर्षअघि अमेरिका गएका कोइरालाले अमेरिका पुगेर फिजिसियन र सङ्क्रामक रोगमा विशेषज्ञता हासिल गरेका छन् । यस्तै जनस्वास्थ्य विषयमा स्नातकोत्तर पनि गरेका छन् । प्रस्तुत छ सङ्क्रामक रोगबारे निकै लामो समय प्राध्यापन, अनुसान्धान र उपचारमा संलग्न रहेका प्रा.डा. जनक कोइरालासँग रातोपाटी संवाददाताशम्भु दङ्गालले कोरोना भाइरससँग जोडिएका विभिन्न पक्षमा केन्द्रित रहेर गरेको कुराकानी :

तपार्इंले बुझ्नुभएको कोरोनाभाइरस कस्तो भाइरस हो ?

कोरोना भाइरस सामान्यतः रुघाखोकी लगाउने भाइरस हो । ६ प्रकारका भाइरस पहिलेदेखि नै थिए । सन् २००० तिर सार्स भन्ने भाइरस युरोप, क्यानडा र एसियामा पनि फैलिएको थियो । त्यो पछि हराएर गयो । मर्स भन्ने भाइरस मध्यपूर्वका देशहरूमा छ । यो चाहिँ ऊँटबाट मानिसमा सर्छ । सार्स कोभ टु भन्ने चाहिँ यो कोभिड–१९ भाइरस हो ।

प्रकाशित मिति: : 2020-10-04 16:57:51

प्रतिकृया दिनुहोस्