चितवनको पारस बसपार्क र प्रदेश ५ को प्रस्तावित राजधानी !

लोकान्तर

काठमाडौँ

सुशील पन्त

याे छोटो आलेख लेख्न शुरू गर्दा शनिवार रातिदेखि रुपन्देहीको बुटवलको मुख्य चोकमा निषेधाज्ञा जारी गरिएको छ ।

बुटवललाई स्थायी राजधानी कायम गर्न माग गर्दै सडक आन्दोलन शुरू भएको छ । 

शुक्रवार अपर्झट प्रदेश ५ को राजधानी दाङको देउखुरी सार्ने निर्णयपछि रुपन्देही र त्यस भेगका साथीभाइले बुटवलको पक्षमा लेख्नुस् न भनेर आग्रह नगरेका होइनन् ।

प्रदेश ५ कै एक जिल्ला गुल्मीको स्थायी बासिन्दा भएपनि यो छोटो आलेखमा आफूलाई त्योभन्दा माथि राख्न कोशिश गर्ने छु । 

देशमा संघीयताको बहस चलिरहेको समयमा मैले एउटा आलेख लेखेको थिएँ, ‘बाहुनडाँडा, दुराडाँडा र संघीयता’ शीर्षकमा । त्यसमा प्रदेशको नामांकनभन्दा त्यसको गुण आवश्यक रहेको दलिल पेश गरेको थिएँ ।

त्यो लगायत लेख लेखेपछि पहिलो संविधान सभामा सदस्य रहेका तत्कालीन माओवादीका नेता सुरेश आले मगर मलाई जहाँ भेटे पनि अरू पनि त्यस्तै लेख लेख्नुपर्‍यो, संघीयताको बारेमा हामीले बोल्नुभन्दा तपाईंहरूले लेखिदिँदा राम्रो हुन्छ भन्ने गर्दथे । सही ढंगले प्रयोग गर्दा संघीयता देश विकासका लागि साधक नै हुन्छ भन्ने मेरो मत हो ।

राजधानी काठमाडौंलाई कर्मभूमि बनाएको मलाई व्यक्तिगत रूपमा प्रदेश ५ को राजधानी बुटवल हुनु या देउखुरी हुनुमा तात्विक फरक छैन । स्थानीय तहलाई पर्याप्त अधिकार दिइएका कारण आम सर्वसाधारणलाई प्रदेशको राजधानीसँग खासै सरोकार पनि हुँदैछ । पालिका र जिल्लाबाटै उनीहरूका व्यक्तिगत काम सम्पन्न हुन्छन् ।

प्रकाशित मिति: : 2020-10-04 14:53:49

प्रतिकृया दिनुहोस्