माटाका दियो बेचेर आमाबुवालाई पक्की घरमा सार्न कस्सिएका दाजुभाइ

सेतोपाटी

काठमाडौँ

भगवती पाण्डे

रूपन्देहीको गैंडहवा गाउँपालिका-७ छत्रपुराका सन्तोषकुमार प्रजापतिलाई तिहार कहिले आउला भन्ने हुटहुटीले बस्न दिएको छैन। 

यो हुटहुटी वर्षौंदेखिको सपना  पुरा हुँदै छ भन्ने आसले दिलाएको हो।

अधुरो रहेको घर निर्माणको काम पुरा भए उनको सपना पनि पुरा हुन्छ। त्यसका लागि उनले दीपावली कुरिरहेका छन्। 

दीपावलीमा उनले आफूले बनाएका दियो बेच्न पाउने छन्। दियो बेचेर आएको कमाइले उनको अधुरो घर पुरा हुने छ। अनि हुने छ नयाँ घरमा उनको दीपावली! 

कक्षा १२ मा पढ्दै गरेका सन्तोषले गत वर्ष पनि दियो बनाएका थिए। ३ लाख  आम्दानी भएको थियो। त्यो पैसाले गाउँमै इँटा लगाएर पक्की घर निर्माण सुरू गरे। तीन कोठाको यो पक्की घरमा प्लाष्टर गर्न बाँकी छ। 

सन्तोषले विद्यालयको पढाइसँगै खेतीपातीको काममा बुवाआमालाई सघाउँदै फुर्सदको समयमा माटाका दियो बनाउने गर्छन्। उनलाई भाइ नगेन्द्रकुमारले पनि सघाउँछन्।

प्रकाशित मिति: : 2020-10-01 12:59:25

प्रतिकृया दिनुहोस्