सरकारी कार्यालय कि ‘कोरोनाका बम’? ठेलमठेल भिडमा न दुरी कायम, न सावधानी!

तीर्थराज बस्नेत

सोमबार सानो ठिमीस्थित प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षा नियन्त्रण कार्यालयमा करिब ३ सय युवा लाइनमा थिए। सिटिइभिटीले संचालन गरेका कार्यक्रम पास गरेका युवाहरु ट्रान्सक्रिप्ट, प्रोभिजनल तथा माइग्रेशन सर्टिफिकेट लिने लाइनमा बसेका हुन।

प्रमाणपत्र वितरण गर्ने भवनको प्रवेशद्वारमै लेखिएको थियो–सामाजिक दुरी कायम गरौं। 

तर, लाइनमा बसेका युवाहरुले न सामाजिक दुरी कायम गरेका थिए, न त स्वास्थ्य सावधानी नै अपनाएका थिए। खचाखच लाइनमा बसेर शुल्क तिर्ने, फारम भर्ने काम चलिरहेको थियो। 

सिटिइभिटीका सुरक्षा गार्डलाई लाइन मिलाउन हम्मेहम्मे परिरहेको थियो। जनकपुरमा टिएसएलसी लेभल सकेर ट्रान्सक्रिप्ट लिन आएका सुरेश यादव भन्दै थिए, ‘कोरोना बढेको बढ्यै छ। सरकारी कार्यालयकै व्यवस्थापन यस्तो छ। जनकपुरदेखि आइयो ट्रान्सक्रिप्ट नलिउ भने पनि नहुने, लिउँ भने कोरोना याहिँ सर्छ भन्ने डरको  भो।’ 

परीक्षा नियन्त्रक दिपक पौडेलले भने प्रहरीलाई बोलाएर सामाजिक दुरी कायम गराउने प्रयास गर्दासमेत सफल नभएको बताए। ‘हामीले दुरी कायम गराएर काम गर्ने कोशिस गरेका हौं। तर, प्रहरी बोलाएर दुरी कायम गराउने प्रयाससमेत सफल हुन सकेन,’ पौडेलले भने, ‘जोखिम कम गराउने सन्दर्भमा हामी सजग छौं। तर, लामो समयपछि एकैपटक यातायातदेखि कार्यालय सबै खुल्दा विद्यार्थीको भिड बढेको छ।’

प्रकाशित मिति: : 2020-09-30 13:11:57

प्रतिकृया दिनुहोस्