प्रदेश सरकार २ वर्षदेखि ‘सुकुम्वासी’ : राजधानीमा सरकारी अड्डा बनाउन पाइएन जग्गा

लखन चाैधरी

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी तोकिएको २ वर्ष पूरा भयो । तर अझैसम्म निर्माणको थालनी भएको छैन । 

कानूनी र प्रक्रियागत जटिलतामै प्रदेश सरकार अल्झिएपछि अझैसम्म प्रदेश राजधानीमा भौतिक संरचना निर्माणको थालनी नभएको हो ।

सुदूरपश्चिम प्रदेश सभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औं बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । दुईतिहाइ बहुमतले सो स्थान नै स्थायी राजधानी घोषणा गरी राजधानी सम्बन्धी निर्णय असोज १४ गते प्रदेश प्रमुखबाट प्रमाणित गरिएको थियो ।

प्रदेश सभाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा प्रदेश सरकारलाई विपक्षी बनाएर २ वटा रिट दायर भएका छन् । जसको अझैसम्म सुनुवाइ भएको छैन । अधिवक्ता देवीकुमारी जोशी र मनिषकुमार श्रेष्ठ सहितका ९ जनाले सामूहिक रूपमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: : 2020-09-29 12:27:31

प्रतिकृया दिनुहोस्