१२ पटकका विजेता नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

स्पेनिस खेलाडी राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्। 

१२ पटकका विजेता नाडालले बेलारुसका इगोल गेरासिमोभलाई पराजित गरेका हुन्। 

३३ वर्षका नाडालले इगोरलाई ६–४, ६–४ र ६–२ को सेटमा पराजित गरे।

खेल दुई घण्टा पाँच मिनेट चलेकाे थियाे। 

प्रकाशित मिति: : 2020-09-29 06:31:02

प्रतिकृया दिनुहोस्