तीन पटकको च्याम्पियन सेरेना फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन्।

फ्रान्सको पेरिसमा सोमबार भएको पहिलो खेलमा आफ्नै देशकी क्रिस्टी अह्नलाई पराजित गर्दै सेरेनाले दोस्रो चरणमा पुगेकी हुन्।

तीन पटकको च्याम्पियन ३९ वर्षीय सेरेनाले क्रिस्टीलाई ७-६ (७-२) र ६-० ले पराजित गरिन्।

छैटौं वरीयताकी सेरेनाले २००२, २०१३ र २०१५  फ्रेन्च ओपन जितेकी थिइन्।

सेरेनाले अब दोस्रो चरणमा बुल्गेरियाकी पिरोनकोभासँग खेल्ने छिन्।

प्रकाशित मिति: : 2020-09-29 05:53:39

प्रतिकृया दिनुहोस्