सोमबार, १५ डिसेम्बर २०२५

मिलन चाम्सको चलचित्रमा पनि साम्राज्ञी, लकडाउनमै तीन वटा फिल्ममा सम्झौता

News Image
• • •

लकडाउनकै बिच साम्राज्ञी राज्यलक्ष्मी शाहले तीन वटा चलचित्रमा काम गर्ने पक्का गरेकी छिन् । साम्राज्ञीले तीन वटै चलचित्रका लागि लिखित सम्झौता गरिसकेकी छन् ।

केही समयअगाडि साम्राज्ञीले मनीष राउत, आना शर्मालगायतका कलाकारसँग स्क्रिन सेयर गर्ने गरी चलचित्रमा अनुबन्धित भएकी थिइन् । उक्त चलचित्रको नाम पक्का भएको छैन । त्योसँगै साम्राज्ञीले 'रेड वाइन' नामक चलचित्रमा अभिनेता पल शाहसँग स्कृन सेयर गर्ने पक्का भइसकेको छ।

त्यस्तैमा, साम्राज्ञीले निर्देशक मिलन चाम्सको नयाँ चलचित्रका लागि पनि अनुबन्धित भएकी छिन्। प्रेमकथामा आधारित रहेर निर्माण हुने यस चलचित्रका लागि साम्राज्ञीले लिखित सम्झौता गरिसकेकी छिन् ।

निर्देशक चाम्सका अनुसार साम्राज्ञीले यस चलचित्रमा नव-नायकलाई आफ्नो जोडीका रूपमा पाउनेछिन् । चलचित्रको छायांकन आगामी नयाँ वर्षबाट सुरु गर्ने निर्माण पक्षको लक्ष्य छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!