जसले चिया पकाएरै छोराछोरीलाई पढाए डिग्री

नेहा झा

जनकपुर

नेपाल पत्रकार महासंघ, धनुषा शाखाको कार्यालयमुनि एउटा सानो चिया पसल छ। एकपटकमा चार-पाँच जना मात्र बस्न मिल्छ। यही चिया पसलबाट सुरू हुन्छ रामजित यादवको दिनचर्या।

रामजित बिहान ५ बजे आँखा मिच्दै पसल पुग्छन्। सरदाम मिलाउँछन्। सानो ग्यास सिलिन्डरमाथि जोडिएको चुल्होमा ताप्के बसाउँछन्। सिसा र कागजका गिलास ठिक्क पार्छन्।

अनि चिया बनाउन थाल्छन्।

रामजितको पसल जोडिएको महासंघको कार्यालयमा बस्ने पत्रकारदेखि नजिकैको राष्ट्र बैंकका कर्मचारीको नियमित चिया उनैले बनाउँछन्।

उनले बनाएको चिया यी दुई कार्यालयमै सीमित भने होइन। बाटोमा हिँड्ने बटुवादेखि त्यो चोकमा पसल थाप्ने प्रायः व्यापारीको नाकसम्म चियाको हरक पुग्छ। बिहान १० बजेसम्म उनलाई रत्तिभर फुर्सद हुन्न।

पूरा दिन उनी यसैगरी चिया पकाइरहन्छन्। बीचमा एकचोटि एक-दुई घन्टा विश्राम लिन्छन्, घर गएर खाना खाने समय।त्यसपछि दिनभरि कोही न कोही चिया पसलमा आइनै रहन्छ। उनी बेलुका ८ बजेसम्म खटिन्छन्।

प्रकाशित मिति: : 2020-09-28 07:58:55

प्रतिकृया दिनुहोस्