बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यान्चेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ।
सिटीको घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा लेस्टर सिटीसँग २–४ गोल अन्तरले पराजित भएको हो।
लेस्टरको जितमा जेमि भार्डिले ह्याट्रिक गरे। यस्तै जेम्स म्याडिसन र युरी तेलिमानसले एक/एक गोल गरे। सिटीको लागि रियाद महरेज र नाथन अकेले एक एक गोल गरे।
![]()
खेलको चौथो मिनेटमै सिटीले अग्रता बनाएको थियो। उसको लागि महरेजले गोल गरेका थिए। त्यसपछि लेस्टरलले लगातार ३ पेनाल्टी पायो। खेलको ३७औँ मिनेटमा भर्डिले पेनाल्टीबाट खेल बराबरीमा ल्याए।
खेलको ५४औँ मिनेटमा भर्डिले पुनः पेनाल्टीबाट गोल गर्दै अग्रता १–२ मा ल्याए। त्यसको चार मिनेट पछि नै उनले अर्को गोल थपे।
७७औँ मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई १–४ को अग्रता दिलाए। त्यसपछि नाथनले गोल गर्दै सिटीलाई खेलमा फर्काउने कोशिस गरे।
![]()
तर, खेलको ८४औँ मिनेटमा लेस्टरले पुनः पेनाल्टी पायो र उक्त मौकालाई तेलिमानस सदुपयोग गर्दै ५–१ गोल अन्तरको फराकियो जित दिलाए।
जितसँगै लेस्टर ३ खेलबाट ९ अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ। पराजित सिटी २ खेलबाट ३ अंक जोड्दै १०औँ स्थानमा यथावत छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया