प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रीपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद् बैठक डाकेका छन्।

आइतबार दिउसो १२ बजेका लागि बैठक बोलाइएको मन्त्री पार्वत गुरूङले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘बैठक बस्ने भन्नेबारेमा जानकारी आएको छ। तर, के बिषयमा छलफल गर्ने एजेन्डाबारे जानकारी गराइएको छैन,’ उनले भने।

मन्त्रीपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका बेलामा आकस्मिक रूपमा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: : 2020-09-27 09:02:53

प्रतिकृया दिनुहोस्