योनी, समाज र सम्बन्ध

हिमाल खबर

काठमाडौँ

डा.अरुणा उप्रेती 
यी कथा पढ्दा कतिलाई लाग्यो होला, ‘अहिले त नेपाली समाजमा यस्तो हुँदैन नि।’ अनि कसैलाई ‘नेपाली समाज त धेरै परिवर्तन भइसक्यो नि’, भन्ने पनि लाग्यो होला। हो, नेपाली समाजमा धेरै परिवर्तन त भएको छ, नत्र दुर्गा कार्कीले ‘कुमारी प्रश्न’ र सबिना देवकोटाले ‘योनी चियाउँदा देखिएको कुरुप समाज’ लेख्न पक्कै साहस गर्ने थिएनन्।

दुर्गा कार्कीका कथाहरू पढ्दा लाग्यो समाजमा देखेका, भोगेका, सुनेका कुराहरूलाई टपक्क टिपेर, शब्दहरूमा बाँधेर, काटेर, छाँटेर पाठकसामु पस्किएकी हुन्। पेशाले वकिल हुनाले उनले यस्ता घटनालाई शायद नजिकबाट नियालिन्। त्यसैले ‘कुमारी प्रश्न’का कथाहरु हाम्रै वरिपरि, गाउँघरका हुन्। लुकेर छिपेर बसेका।

म आफैं पनि यौन सम्बन्ध, लैंगिक विभेद, प्रेम र घृणा, छोरा पाउने चाहनामा दम्पतीबीच भएका मनमुटाव, त्यसले गर्दा श्रीमतीलाई वचन र हातले कुटेको, श्रीमतीको अगाडि अन्य युवतीसँग सम्बन्ध राखेका धेरै घटना थाहा पाएकी छु। अफसोच, तिनलाई शब्दहरूमा पिरोलेर कथामा लेख्न सकिनँ। तर, आफ्ना अनुभवहरू चाहिं लेख्न सकेकी छु।

दुर्गाका कथाहरू पढेर एक साथीले भने "चेखवको कथा याद आयो।" ‘लाइटर बाल्ने केटा’ले एउटी किशोरीको मनमा आएका प्रेमका भावनालाई मज्जासँग झल्काइरहेको छ। ‘रबिन हुड’ जस्तो मान्छे, निशालाई भेटेपछि सुध्रिन चाहन्छ, असल बन्न चाहने इच्छा छ। तर, अफसोच ऊ चोर बन्न पुग्छ। राति राति ‘टर्च’ बाल्ने केटोले लेखेको चिठी पढेपछि युवतीको मनको व्यथा यसरी पोख्छिन्। “अघिदेखि टिलपिल गरिरहेका आँसु गाला हुँदै थोपा थोपा बनेर भुँइमा झर्यो । अनुहार भित्तातिर लुकाएर मैले आँसु पुछे, तर आँखा ओभाएनन्।” कस्तो मार्मिक !
 

प्रकाशित मिति: : 2020-09-27 08:23:52

प्रतिकृया दिनुहोस्