सागर उदासका ५ मुक्तक

मुक्तक १

दुई खोली मिल्छन् त्यहाँ घात हुँदैन

सानो ठूलो भनि तिनको वात हुँदैन

मिले पनि छुटे पनि नाता उहीँ पानी

मान्छेको जस्तै पानीको जात हुँदैन

मुक्तक २

किनारा छोई बग्ने पानी ढङ्ग फरक

वेग मार्ने उर्लिने उस्तै उमङग फरक

कुवा-तलाउ-खहरे या सागर जस्तै

जात एउटै छ पानीको रंङ्ग फरक

मुक्तक ३

मादी र सेती दमौलीमा भेट हुने गर्छन्

भेट भई एक अर्काको मन छुने गर्छन्

दोभानमा भेट भई यात्रा तय गरी

पानी बग्दै हरेक मनको पिड धुने गर्छन्

मुक्तक

खेतालो भएर गीत कसैको गाइनँ

जाल-झेल गर्दै प्रीत पनि लाइनँ

जानिनँ जीवनमा ढाट छल गर्न

स्वार्थ लुटन सोझासँग मित लाइनँ

मुक्तक ५

सधै भरि पहाराको खानी जस्तै भएँ

आफ्नालाई जीवन दिइ पानी जस्तै भएँ

बुढेसकालमा पनि हाँसी बाँचेको छु

यो उमेरमा पनि जवानीमा जस्तै भएँ

प्रकाशित मिति: : 2020-09-26 09:22:54

प्रतिकृया दिनुहोस्