सोमबार, १५ डिसेम्बर २०२५

जिसस तीन हप्ता मैदान बाहिर

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रिएल जिसस कम्तीमा तीन हप्ता मैदान बाहिर बस्ने भएका छन्। 

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएको सोमबार राति वुल्भ्ससँग भएको खेलमा उनले चोट बोकेका थिए। 

२३ वर्षका जिसस उक्त खेलमा पूरै समय मैदानमा थिए। 

ब्राजिलको फुटबल फेडेरेशनले पनि जिससलाई बोलिभिया र पेरुसँगको आउँदो खेलको टिमबाट बाहिर निकालेको छ। ब्राजिलले अक्टोबर ९ मा बोलिभिया तथा अक्टोबर १३ मा पेरुसँग खेल्ने छ।

यता सिटीका अर्का स्ट्राइकर सर्जिओ अग्युरो अझै सात हप्ता मैदान बाहिर रहने छन्। उनी घुँडाको चोटका कारण खेल्न सकेका छैनन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!