नयाँ रेल आएपछि ‘इतिहास बोकेको पुरानो रेल’ संरक्षणको पर्खाइमा (तस्बिरसहित)

नेपाल सरकारको रेल विभागले खरिद गरेको दुई थान डेमु (डिजल इलेक्ट्रिकल मल्टिपल युनिट) रेल गत शुक्रबार नेपाल आइपुगेको छ । 

भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनका अधिकारीहरूले उक्त दुई थान रेल जनकपुरमा नेपाली अधिकारीहरूलाई हस्तान्तरणसमेत गरिसकेका छन् । 

हाल रेल्वेमा कर्मचारी भर्ना प्रक्रिया चलिरहेकोले निकट भविष्यमै रेल सर्वसाधारणले चढेर यात्रासमेत गर्न पाउने आशा गरेका छन् । 

हाल नियमित सञ्चालन नहुने वेलासम्मका लागि नयाँ रेल जयनगरस्थित नेपाली रेल्वे स्टेसनमा सशस्त्र प्रहरीको संरक्षणमा राखिएको छ । 

यता नयाँ रेल आइसकेपछि पुरानो रेल र त्यसवेलाका महत्वपूर्ण रेल्वेसम्बन्धी सामग्रीहरूको संरक्षणको कुरासमेत उठ्न थालेको छ । 

प्रकाशित मिति: : 2020-09-25 14:38:11

प्रतिकृया दिनुहोस्