ड्रग्समा मुद्धामा बलिउडका ६ अभिनेत्रीपछि ४ अभिनेता एनसीबीको राडारमा

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्सको मुद्धा अगाडि आएपछि ४ ठूलो अभिनेता नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को राडारमा परेका छन्। 

बलिउड अभिनेता तथा अभिनेत्रीको व्यवस्थापन गर्ने ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानकी सह–संस्थापक जया शाहले बुधबार एनसीबीसमक्ष सोधपुछका क्रममा यी अभिनेताको नाम लिएको बताइएको छ। 

करिब ४ घण्टाको सोधपुछका क्रममा जया शाहले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान, दीया मिर्जा, नम्रता शिरोडकर र रकुल प्रित सिंहलगायतका अभिनेत्रीको नाम बताएकी थिइन्। 

एनसीबीले यी अभिनेत्रीलाई २५ तारिखसम्म सोधपुछका लागि हाजिर हुन पत्र काटिसकेको छ भने अभिनेताको नाम अहिले गोप्य राखिएको छ। 

भारतीय मिडियाले छिट्टै यी कलाकारलाई पनि एनसीबीले पत्र पठाउन सक्ने बताएको छ। बलिउडमा फैलिएको ड्रग्स कारोबारमा क्वान कम्पनीको भूमिका शंकास्पद मानिएको छ। क्वान कम्पनीमा बलिउडका भाईजान सलमान खानको लगानी रहेको केही मिडियाले जानकारी दिएपनि सलमानका वकिलले यसको खण्डन गरेका छन्। 

यो पुरै घटनामा पहिलो पल्ट बयान दिएका सलमानका वकिलले क्वान कम्पनीमा सलमानको कुनै लगानी नभएको स्पष्ट पारेका छन्। 

दिया मिर्जाले पनि आफू ड्रग्समा संलग्न नभएको प्रतिक्रिया दिएकी छिन्। हाल एनसीबीले दीपा, सारा, रकुल, श्रद्धा, फेसन डिजाइनर सिमोन खम्बाटा र निर्माता मधु मन्तेनालाई सोधपुछका लागि बोलाएको छ।

प्रकाशित मिति: : 2020-09-24 11:52:03

प्रतिकृया दिनुहोस्