सन्दर्भ ब्याजदर : सेवा शुल्कबारे किन भएन निर्णय ?

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

७ महिना ढिला गरेर सोमबार सहकारी विभागले सहकारी संस्थाका लागि नयाँ सन्दर्भ ब्याजदर लागु गर्यो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्धारण र सिफारिसका आधारमा नयाँ सन्दर्भ ब्याजदर लागू गरेको विभागले जनाएको छ । अघिल्लो वर्ष साउनमा सार्वजनिक गरिएको सन्दर्भ ब्याजदर ६÷६ महिनामा समायोजन गर्नुपर्ने भए पनि तेस्रोपटक ब्याजदर निर्धारण गर्ने समय समेत गुज्रिसक्दा दोस्रोपटक त्यस्तो ब्याजदरको निर्धारण गरेको हो । 

विभागले लागू गरेको सन्दर्भ ब्याजदरका आधारमा अब बचत तथा ऋणको कारोबार गर्ने सबै प्रकारका सहकारीका लागि १४.७५ प्रतिशत भन्दा बढी ब्याजदर लिन पाउने छैनन् । विभागले यसलाई सन्दर्भ ब्याजदरको रुपमा ब्याख्या गरेको भएपनि व्यवहारमा भने अधिकतम ब्याजदरको रुपमा प्रयोग गर्ने गरेको छ । त्यही ब्याजदरलाई अहिले अधिकतम १४.७५ प्रतिशतमा सीमित गरिएको हो । 

प्रकाशित मिति: : 2020-09-23 20:42:18

प्रतिकृया दिनुहोस्