म्याग्दीकी संगिता क्षेत्री एक वर्षदेखि प्रहरीको सर्वाधिक खोजीको सूचिमा थिइन्। महानगरीय अपराध महाशाखादेखि उपत्यकामा भएका प्रहरी युनिटनै क्षेत्रीको खोजीमा थिए। तर पनि संगिताले प्रहरीको आँखा छल्दै एक वर्षदेखि आफ्नो धन्दा चलाइरहेकी थिइन्।
अन्ततः संगितालाई सोमबार बौद्ध प्रहरीले नियन्त्रणमा लियो। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले संगितालाई माकलबारीबाट पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नवीन कार्कीका अनुसार संगिताले एक वर्षको अवधिमा काठमाडौंको बौद्ध , महांकाल, गोठाटार, कोटेश्वर, कपुरधारा, काँडाघारी, मनमैजु, कपन सिनामंगललगाएयतका २० स्थानबाट २२ जना बालबालिकाको शरीरमा लगाएका गहना लुटेकी हुन्।
संगिताको लुटपाटदेखि हैरान प्रहरीले एक वर्षदेखि उनको खोजी गरेको थियो।
यसरी लुटपाट मच्चाउँथिन् संगिता
संगिता बिहानै सहर घुम्छिन्। अनि सडकमा गहना लगाएका बालबालिका देख्नासाथ उनी रोकिन्छिन्। त्यसपछि ती बालबालिका फकाउँन थाल्छिन्।
सुरुमा उनी ‘म तिम्रो ममीको साथी चिन्यौं भन्छिन् अनी बालबालिकालाई चक्लेट,जुस दिँदै नजीक ल्याउँछिन्। र शरीरमा लगाएका गहना तानेर भाग्छीन्। त्यसपछि उनी केही दिन त्यो एरियामै जाँदिनन्।
त्यसपछि उनी फेरि अर्को टोल छिर्छिन् र त्यसैगरी लुटपाट गर्छिन्। प्रहरीका अनुसार संगिताको निसानामा साना साना बालबालिका पर्छन्।
साना बालबालिका छिट्टै नजिक हुने र उनीहरुले सबै कुरा याद गर्न नसक्ने भएकाले साना बालबालिका उनको रोजाईमा पर्ने गरेको प्रहरीले जनाएको छ।
यसैबिच प्रहरीले लुटिएको सुन किन्ने व्यक्ति मुरालीलाई पनि पक्राउ गरेको छ।
प्रहरीका अनुसार मुरलीले संगीताले लुटेको सुन किन्ने गरेका थिए। मुरालीले ललितपुर महानगरपालिका-६ स्थित कनिबहालमा दर्ता नै नगरी सुन पसल सञ्चालन गरिरहेका थिए।
उनले सस्तोमा सुन किनेर स्वरूप परिवर्तन गरी विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनले अरूबाट पनि लुटिएको सामान किन्ने गरेको प्रहरीले जनाएको छ।
यसमा संलग्न अन्यको पनि खोजी भइरहेको छ।
प्रहरीले उनीबाट ६२ लाल चुडिएको सुनको सिक्री, ६१ लाल गलेको सुन, ३० हजार ५ सय नगद र एक फोन बरामद गरेको परिसरले जनाएको छ।