बिएल संवाददाता
म्यानचेस्टर युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ।
तेस्रो चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लुटन टाउनलाई ३–० ले पराजित गर्दै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो।
युनाइटेडको जितमा ख्वान माटा, मार्कश रासफोर्ड र म्यासन ग्रीनवूडले एक एक गोल गरे।
![]()
गोलरक्षकका डिन हेन्डर्सनले डेब्यु गरेको निकै प्रतिस्पर्धात्मक खेलमा युनाइटेडले गोल गर्न ४४औँ मिनेटसम्म कुर्नु परेको थियो।
उसका लागि पेनाल्टी मार्फत माटाले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए।
खेलको दोस्रो हाफमा युनाइटेडले केही सुधारिएको खेल प्रदर्शन गर्यो।
८८औँ मिनेटमा रासफोर्डले गोल गर्दै टोलिलाई जित नजिक पुर्याए। ग्रीनवूडले दिएको पासमा उनले जालि चुमाएका थिए।
यता इन्जुरी समयको दोस्रो अर्थात ९२औँ मिनेटमा युनाइटेडले थप एक गोल थप्यो। ब्रुनो फेर्नान्डेसले दिएको पासमा ग्रीनवूडले गोल गर्दै ३–० कोसहज जित दिलाए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया