सकसमा सन्ध्याकालीन रेस्टुरेन्ट : 'नखाउँ दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार'

पहिलोपोष्ट

काठमाडौं

सविन ढकाल

भदौ ३१ गते जिल्ला प्रशासनले गरेको निर्णय सुन्दा शोभनवीर मालाकार एकाएक खुशी हुने स्थिति बन्यो। लामो समयदेखि बन्द भएको उनको व्यवसाय खुल्न पाउने खबर उनका लागि आशाको किरण बन्यो। शोभनवीर मालाकार अर्थात् त्रिसारा रेष्टुरेष्टका संचालक।

देशभित्र इनेगिनेका रेष्टुरेष्टमा पर्छ त्रिसारा। काठमाडौंका दरवारमार्ग र लाजिम्पाट गरी दुई ठाउँको रेष्टुरेष्ट युवादेखि भिआइपीसम्मको रोजाइमा पर्नेगर्छ। चैत ११ गतेदेखि नै बन्द थियो उनको रेस्टुराँ। नाफा त परको कुरा भाडा समेत उठाउने अवस्थामा लकडाउन र निषेधाज्ञा लाग्यो। कसरी कर्मचारीलाई तलब दिने भन्ने विषयले उकुसमुकुस पारिरहेको थियो।

असोज १ गतेबाट सरकारले संचालन गर्न दिएपछि केही नभए पनि भाडा र कर्मचारीलाई तलब त खुवाउन पुग्ला भन्ने सोचेका थिए उनी। उनी खुशी हुनुको कारण यही थियो। जिल्ला प्रशासनबाट आएको निर्देशनसँगै विदामा भएका कर्मचारीलाई डाके। ५० जना कर्मचारीको पीसीआर परीक्षण गराए। त्यहीअनुसार रेष्टुरेष्टमा संक्रमणबाट जोगिने गरी सुरक्षाको मापदण्ड मिलाउन संरचना हेरफेर गरे।

तर, उनको खुशी धेरै समय टिक्न पाएन। व्यवसाय खोल्न नपाउँदै उनलाई आएको जानकारीले फेरि निराश बनायो। सूचना थियो - रेष्टुरेष्ट राति ९ बजेसम्म मात्र खोल्न पाउने। प्रहरीले पनि ९ बजेपछि खोले कारबाही गर्ने चेतावनी दियो। त्यसपछि मालाकारलाई रेष्टुरेष्ट खोल्न नखोल्नुको कुनै औचित्य नै भएन।

'हाम्रोमा ७ बजेदेखि ग्राहक आउन थाल्छन्। ९ बजे बन्द गर्नका लागि साढे ८ बजेबाट तयारी गर्नुपर्छ। एक घण्टाको लागि खोलेर त के गर्ने? पिक आवरमा नै बन्द गर भनेपछि कसरी व्यापार हुन्छ?,' व्यवसायी मालाकारले भने।

प्रकाशित मिति: : 2020-09-22 13:14:04

प्रतिकृया दिनुहोस्