कोरोनाबाट बच्न इलेक्ट्रोनिक मास्क!

एजेन्सी

काठमाडौं

कोरोना महामारीको कहिले सकिने हो यसको कुनै टुंगो छैन । तर यो महामारीबाट बच्नको लागि भने अहिलेसम्म धैरै काम भैरहेका छन् । अमेरिका, बेलायत, भारत तथा रुस जस्ता देशहरुले भाइरससँग लड्न खोप बनाइरहेका छन् भने कतिले यसको विषयमा खोज अनुसन्धान गरिरहेका छन् ।

भर्खरै मात्र कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि दक्षिण कोरियाको एलजी कम्पनीले इलेक्ट्रोनिक मास्क ल्याएको छ । एलजीले ल्याएको यो पोर्टेबल एयर प्युरिफायर फेस मास्क हो ।

जसमा भाइरसबाट बच्न विभिन्न फिर्चसलाई समावेश गरिएको छ । इलेक्ट्रोनिक फेस मास्कमा विशेष सुविधा यो छ कि यसमा भएको फिल्टरको मदतले मानिसले श्वासप्रश्वासको क्रममा लिने हावालाई यसले शुद्धीकरण गर्ने काम गर्छ ।

यसको आकार भने पातलो छ । यसमा ब्याट्री अपरेट गरेर पंखा पनि राखिएको छ, जसले मास्क लगाए पनि सास फेर्न सजिलो बनाउँछ । यो मास्क सबैको अनुहारहरूमा सजिलै फिट हुने गरेर तयार गरिएको छ ।

यस्ता छन् यसका विशेषता

कम्पनीका अनुसार यो मास्कमा सेन्सरहरू जडान गरिएको छ । यसमा एयर प्युरिफायर रहेका छन् जसमा फिल्टरहरु छन् । यो मास्कमा दुई वटा फ्यानहरू पनि भएकाले सास लिनु भन्दा पहिला हावालाई फिल्टर गरेर शुद्ध बनाउने काम गर्छ भने अर्को सास फेर्नको लागि प्रशस्त हावा पनि उपलब्ध गराउँछ ।

एल.जी. कम्पनीले मानिसहरुको अनुहारको आकारको अनुसन्धान गरेर त्यसैअनुसार यसको डिजाइन गरेको बताएको छ । मास्क लगाएको बेला नाक र मुखबाट नसक्ने छिटाहरुलाई पनि यसले रोक्ने काम गर्छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरुले यो मास्क घण्टौंसम्म लगाउँदा पनि केही नहुने र थकान पनि महसुस नहुने बताएको छ । यो मास्क लो मोडमा ८ घण्टा र हाई मोडमा २ घण्टासम्म प्रयोग गर्न सकिनेछ । यो मास्कलाई एपबाट पनि नियन्त्रण गर्न सकिने छ ।

यो प्रयोग गरिरहेको बेला बाहिरको अवस्थालाई हेरेर यसले एपको माध्यमबाट सूचना पनि दिने काम गर्छ । मास्कमा युभीएलइडी राखिएको हुँदा यसले खतरनाक जीवाणुहरू हटाउन र त्यसबाट बचाउन मदत गर्छ । यो मास्क इलेक्ट्रोनिक भएका कारण चार्ज गर्दै चलाउन सकिनेछ । एलजीले यसको मूल्यको बारेमा भने अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति: : 2020-09-20 20:43:05

प्रतिकृया दिनुहोस्