'कोरोनाको कहानी' सकिएको छैन, डाक्टर भगवान कोइराला भन्छन् : हौवा नभनौं, विज्ञानलाई पत्याउँ

स्वेच्छा राउत

काठमाडाैं

काठमाडौं : सरकारले तेस्रोपटक थप गरेको निषेधाज्ञा गत साताबाट खुकुलो भयो। चैत ११ गतेदेखि लकडाउन लागू भएसँगै प्रभावित व्यापार व्यवसाय निषेधाज्ञा खुकुलो भएसँगै सञ्चालनमा आए। बजारमा चहलपहल देखिन थाल्यो। सडकमा सवारी साधनको चाप बढ्यो।

सरकारले देशमा दैनिक संक्रमण दर बढ्दै जाँदा निषेधाज्ञा खुकुलो बनाएको हो। दैनिक दुई हजारसम्म संक्रमण पुष्टि भइरहेको छ जसमध्ये ४२ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्रै देखिएका छन्।

यस्तै, बीच ‘कोरोना भाइरस केही होइन’ भन्ने विषयमा सामाजिक सञ्जालमा चर्चामा ल्याइयो। टेलिभिजन कार्यक्रममा बहस भयो। सरकारले कोभिड-१९ लाई अतिरञ्जित गरेको तर्कहरू समेत सुनिए। तर्क साबित गर्न केही मानिसले यूरोपमा कोरोना भाइरस अफवाह हो भन्दै गरेका विरोध प्रदर्शनको उदाहरण दिए।

तर, विज्ञहरू भने यस्ता प्रचारले कोरोना भाइरस संक्रमण फैलन थप मद्दत गर्ने बताइरहेका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाले यस्ता अफवाहले झनै भयावहको अवस्था सिर्जना गर्ने खतरा देखेका छन्।

प्रकाशित मिति: : 2020-09-20 17:11:19

प्रतिकृया दिनुहोस्