रुससँगको झगडापछि अमेरिकाले सिरियामा सैन्य शक्ति बढायाे

रुससँगको झगडापछि अमेरिकाले सिरियामा सैन्य शक्ति बढाएको छ।

सिरियाको उत्तरपूर्वी सीमानामा ६ वटा ब्राडली सवारीसाधन र १०० सिपाही तैनाथ गरिएको अमेरिकाले जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनका अनुसार अमेरिकाले ‘सेन्टिनल राडार’ जडानसँगै लडाकु विमानको गस्ती पनि बढाएको छ। 

उक्त निर्णयले गठबन्धन सेना र सुरक्षाको सुनिश्चित गर्ने उनको विश्वास छ।

शुक्रबार जारी आफ्नो वक्तव्यमा उनले भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’

यस वर्ष अमेरिका र रुसका पेट्रोलिङ सैन्य टुकुडीबीच धेरैपटक झडप भएका छन्।
 
केही हप्तायता अमेरिका र रुसबीच उत्तरपूर्वी सिरियामा तनाव बढिरहेको छ। अगस्टको अन्त्यमा रुसको एक गाडीसँगको टक्करमा सात अमेरिकी सैनिक घाइते भएका थिए। 

यसमा दुई देशले एकअर्कालाई दोषी भनेर आरोप लगाएका छन्। 

यस क्षेत्रमा ५०० अमेरिकी सैनिकहरू छन्। यद्यपि यो संख्या पहिले भन्दा धेरै कम हो। यो आइएससँग भिड्न तैनाथ गरिएको थियो।

रसियाले सिरियाली सरकारलाई समर्थन गर्दछन् जबकि अमेरिका कुर्दिश लडाकूहरूसँग छ।

अक्टोबर २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द लडाकूहरूको नेतृत्वमा सिरियन प्रजातान्त्रिक सेना गठबन्धनलाई समर्थन गरेका थिए। उनले एक हजार अमेरिकी सेना फिर्ता लिने निर्णय गरेका थिए।

तर केही महिनापछि उनले त्यो निर्णय फिर्ता लिए र भने,‘केही सेनाहरू तेलको सुरक्षाको लागि त्यहाँ रहनेछन्।’

प्रकाशित मिति: : 2020-09-20 07:26:30

प्रतिकृया दिनुहोस्