रातोपाटी
पूर्वप्रधानमन्त्री समेत रहिसकेकाबाबुराम भट्टराईनेपाली राजनीतिमा चिनाइबस्नुपर्ने नाम होइन । नेपालमा गणतन्त्रको जग हाल्ने तत्कालीन माओवादी जनयुद्धका मुख्य योजनाकारमध्येका एक भट्टराई माओवादीको शान्तिपूर्ण राजनीतिक अवतरणपछि ‘माओवादी आन्दोलनको उपदेयता सकिएको’ घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरे । उनको त्यो पार्टी पनि लामो समयसम्म टिकिरहन सकेन । अन्ततः त्यो तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरी समाजवादी पार्टीमा रुपान्तरण भयो । त्यही समाजवादी पार्टी पनि मधेशवादी दल राजपा नेपालसँग एकीकरण भएर यतिखेर जनता समाजवादी पार्टी नेपाल बनेको छ, जसमा उनी वरिष्ठ नेताका हैसियतमा छन् ।
रोचक कुरा के छ भने, जनताले आफ्नो संविधान आफैं बनाउने भनी गठन भएको पहिलो संविधान सभाको ‘हत्या’ उनकै प्रधानमन्त्रित्वकालमा भएको थियो । त्यसपछि गठन भएको दोस्रो सविधान सभाले मात्रै संविधान बनाएको थियो, जुन संविधानप्रति घोर विरोध र आपत्ति गर्दै र त्यसमा संशोधनको माग गर्दै मधेशवादी दलहरुले निक्कै सकसपूर्ण, रक्तपातपूर्ण र भारतीय नाकाबन्दीको हदमा पुग्ने गरी आन्दोलन चर्काएका थिए । अझै पनि मधेशवादी दलहरुले यो संविधान निर्माण भएको दिनलाई कालो दिवसको रुपमा लिँदै यसलाई वहिष्कार गर्दै आएका छन् । यस पृष्ठभूमिमारातोपाटीले डा. भट्टराईसँग मूलतः संविधानका बारेमा तथा अन्य समसामयिक सवालहरुमा केन्द्रीत रहेर कुराकानी गरेको थियो । प्रस्तुत छः सोही कुराकानीको सम्पादित उतार :
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया