प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा आज बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने थापाले बताए।
विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने उनको भनाइ छ।