मधेस सरकारबाट एमाले पनि बाहिरियाे

File Photo
File Photo

मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएकाे छ।

आइतबार एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर पार्टी सरकारबाट बाहिरिएकाे हाे।

एमालेबाट मधेसमा मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल तथा राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले राजीनामा बुझाएका हुन्।

यसअघि आइतबार नै नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिसकेकाे छ। माओवादीका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले राजीनामा दिएका हुन्।

एमाले र माओवादी केन्द्र बाहिरिएसँगै मधेस सरकार अल्पमतमा परेको छ।

प्रकाशित मिति: : 2024-05-12 17:39:00

प्रतिकृया दिनुहोस्