कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न बोलाएको बैठक सुरु भएको छ।

बैठकमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरु सहभागी रहेका छन्।

सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन्।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपरान्ह ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ।

प्रकाशित मिति: : 2024-05-12 15:17:00

प्रतिकृया दिनुहोस्