एजेन्सी
भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पाकिस्तानको उच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
अदालतका उच्च अधिकारीले पदच्युत भएका नवाज सरिफलाई अदालतमा हाजिर गराउन बिहीबार विदेश मन्त्रालयसमक्ष आग्रह गरेको हो । स्वास्थ्य उपचारका लागि भन्दै कारागारबाट बिदा लिइ बेलायत पुगेका ७० वर्षीय नवाज सरिफ यतिबेला बेलायतको लण्डनमा छन् ।
गत वर्षको नोभेम्बरदेखि नै बेलायतमा रहेका उनी बिदाको अवधि सकिँदा समेत पाकिस्तान फर्किएका छैनन् । अदालतका अनुसार उनी बेलायतबाट पाकिस्तान फर्केर कारागार जानुअघि अदालत हाजिर हुनुपर्छ ।
अदालतले उनलाई उपचारका लागि जम्मा ४ हप्ताको बिदा दिएको थियो । तर हालसम्म पनि थप उपचारको कारण देखाउँदै उनी लण्डनमा रहँदैआएका छन् । सरकारले भने गत महिना नवाज सरिफविरुद्ध ‘फरार अपराधी’को घोषणा गरेको थियो ।
तीन पटकसम्म प्रधानमन्त्री बनेका उनी छोरी मरियम र ज्वाइँसँगै राज्यको सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहरिएका हुन् । २०१८ देखि नै उनले ७ वर्षको जेलसजाय भोग्दैआएका छन् । अदालतका उच्च अधिकारीले बेलायतस्थित पाकिस्तानको दूतावासमा पत्र पठाउँदै उनलाई अदालतमा हाजिर गराउनुपर्ने जनाएका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया