स्वास्थ्य बीमा बोर्डका अध्यक्षको पदबहाली

डा. सेनेन्द्रराज उप्रेतीले बुधबार स्वास्थ्य बीमा बोर्ड अध्यक्षमा पदबहाली गरेका छन्।

अध्यक्षमा नियुक्त उप्रेतीले आज स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमकाबीच शपथग्रहण गरेका हुन्। 

उनीसँग बोर्डका अरु दुई जनाले पनि आजै शपथ लिएका छन्। सदस्यहरू डा. सुरेश तिवारी र चन्द्र थापाले स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा सपथग्रहण गरेका हुन्।  

अध्यक्ष डा. उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबाट सपथग्रहण लिए। सदस्यहरू डा. तिवारी र थापाले अध्यक्षबाट सपथ लिएका थिए। शपथग्रहणसँगै उनीहरूले पदबहाली गरेका हुन्। स्वास्थ्य मन्त्री ढकालको मन्त्रिस्तरीय निर्णयबाट सदस्यहरूमा डा. तिवारीलाई विज्ञबाट र बिमितहरुबाट चन्द्र थापालाई ४ वर्षे कार्यकालका लागि मनोनित गरेका हुन्।  

स्वास्थ्य बीमा ऐन २०७४ ले सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव भएका मध्येबाट दुई जना महिलासहित तीनजना र बिमितबाट एक महिलासहित दुईजनालाई मन्त्रालयले मनोनित गर्ने व्यवस्था गरेको छ। 

प्रकाशित मिति: : 2020-09-16 14:03:53

प्रतिकृया दिनुहोस्