दुई 'पाइलट' को झगडामा पिसिएका कुलमान

सेतोपाटी

काठमाडौँ

अमित ढकाल

प्रधानमन्त्री केपी ओलीले नचाहेपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ कम्तिमा अहिलेका लागि बिदा भएका छन्।

प्रधानमन्त्री ओली कुलमानको पुनः नियुक्तिको पक्षमा छैनन् भन्ने पहिल्यैदेखि थाहा थियो। तै पनि कुलमानले गरेका काम र आम नागरिकमाझ उनको जुन छवि बनेको छ, त्यस कारण पनि अन्तिममा उनको पुनः नियुक्ति हुन्छ भन्ने धेरैको अनुमान थियो।

कुलमानलाई दोस्रो कार्यकालका लागि नियुक्ति नदिनुपर्ने कारण के-के हुन्, बालुवाटारले बताएको छैन। अनौपचारिक कुराकानीमा भने कुलमानप्रति बालुवाटारका तीन मुख्य गुनासा वा आरोप छन्।

पहिलो, लोडसेडिङ हटेको र प्राधिकरणले गरेका सम्पूर्ण कामको जस उनले एक्लै लिन खोजे। आफू मात्रै 'हिरो पल्टिन' खोजे। राजनीतिक नेतृत्वलाई कुनै जस दिएनन्, टेरेनन्।

प्रकाशित मिति: : 2020-09-15 20:16:06

प्रतिकृया दिनुहोस्