ड्रग्स मुद्धामा आफ्नो नाम पनि संलग्न भएपछि अभिनेता विवेक ओबरायका साला आदित्य अल्वा फरार भएका छन्। उनलाई क्राइम ब्रान्चले पक्राउ गर्न चारैतिर खोजी गरिरहेको छ। तर, उनी मोबाईल अफ गरेर फरार भएका छन्।
उनले दिनहुँ आफू बस्ने ठाउँ परिवर्तन गर्ने कारण क्राइम ब्रान्चलाई पक्राउ गर्न गाह्रो परिरहेको छ। अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनआरसी० ले आक्रामक कार्यवाही अगाडि बढाएको छ। मुम्बईबाट यसको तार दक्षिण भारतमा पनि फैलिएको भेटिएपछि अन्य राज्यमा पनि छापामारी सुरु भएको छ।
यसैक्रममा हैदराबादमा २ अभिनेत्रीलगायत सात जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। तर, विवेकका साला आदित्य भने फरार छन्। उनको नाम पनि ड्रग्स कारोबारमा आएको थियो।
उनलाई पक्राउ गर्न प्रहरी असफल भएपछि सर्च वारेन्ट पनि जारी गरिएको छ। अदित्यका बुवा तथा कर्नाटकका पूर्व मन्त्री जीवराज अल्वाको घर हाउस अफ लाइभ्समा पनि मंगलबार प्रहरीले छापा हानेको थियो। तर, उनी घरमा फेला परेनन्।
प्रहरीले उनलाई २१ अगस्टदेखि नै खोजिरहेको छ। नारकोटिक्स विभागले दक्षिण भारतकी अभिनेत्री रागिनी द्धिवेदी र सञ्जना गलरानीलाई पक्राउ गरि न्यायीक हिरासतमा राखेको छ।