रातो मच्छिन्द्रनाथ जात्राको ओपनिङ र क्लोजिङ

भोटो देखाउनुलाई रातो मच्छिन्द्रनाथ जात्राको ‘क्लाइमेक्स’ मान्ने हो भने लगनखेलमा हुने महास्नान यसको ‘ग्य्रान्ड ओपनिङ’ हो। अनि, मच्छिन्द्रनाथलाई उनको घर बुंगमती फिर्ता लैजाने उत्सव यो जात्राको ‘क्लोजिङ’, जुन आज सोमबार सम्पन्न भयो।

क्लाइमेक्सबारे मैले भदौ २२ गते लामो फिचर लेखिसकेको छु, आज हामी यसको ओपनिङ र क्लोजिङको कुरा गरौं।

अब तपाईं भन्नुहोला, यी ओपनिङ, क्लाइमेक्स र क्लोजिङ हुन् भने गत बिहीबार र शुक्रबार लेखेको रातो मच्छिन्द्रनाथको प्रेमकथा के हो त? त्यसलाई चाहिँ ‘इन्टरभल’ मानुँ न!

त्यसै पनि जुन बेला रातो मच्छिन्द्रनाथ आफ्नी ‘प्रेमिका’ भेट्न कीर्तिपुर जान्छन्, त्यो बेला जात्राको इन्टरभल नै चलिरहेको हुन्छ। मच्छिन्द्रनाथको रथ लामो समय लगनखेलको थति टोलमा रोकिएको हुन्छ, भीडभाड पनि कम हुन्छ। जसै उनी प्रेमिका भेटेर फर्किन्छन्, इन्टरभल सकिन्छ। जात्रा फेरि तामझामका साथ सुरू हुन्छ र जावलाखेलको क्लाइमेक्सतिर बढ्छ।

प्रकाशित मिति: : 2020-09-15 00:00:30

प्रतिकृया दिनुहोस्