शिलापत्र
जुम्लाका पूर्णचन्द्र भग्री छोराको फोटो लिएर सरकारी कार्यालयहरू चहार्दाचहार्दै वाक्क छन् । कमाउनका लागि जुम्लाबाट भारत गएका बेला श्रीमतीले थापाथलीमा रहेको बालगृह नामक संस्थामा ल्याएर सात वर्षीय छोरा बुझाएर अर्को विवाह गरिन् ।
एकातिर श्रीमतीले छाडेको पीडा थियो, अर्कोतिर छोरा कहाँ छ भन्ने थाहा थिएन । बल्लबल्ल श्रीमतीको खोजी गरी छोरा छोडेको ठाउँ बालगृहमा पुग्दा उसलाई इटाली पुर्याइएको जानकारी पाए । आमा आफैँले बुझाएको बालकलाई बल्खु प्रहरीले खोलामा बेवारिसे भेटाएको भनी सो बालकलाई इटाली पठाइएछ ।
बाल मन्दिरबाट धर्मपुत्रको रूपमा स्पेन पुर्याइएका सात वर्षीय हर्कसिंह भण्डारी बालिग भएपछि नेपाल आए । बालमन्दिरमा रहेको आफ्नो कागजात र स्पेनमा रहेको धर्मपुत्र ग्रहण गर्ने आमाबुबासँग भएको कागजात बोकेर उनी हुम्ला हानिए । हुम्ला पुगेपछि थाहा भयो- उनी त राम्रो शिक्षाका लागि बालमन्दिर पुर्याइएका थिए ।
१० जनासँगै बालमन्दिर आएका उनलाई धूमिल याद थियो । उनी पनि प्रहरीले बेवारिसे भेटेको कागजको सहारामा स्पेन पुर्याइए । १० जनामध्ये अरु तीन जना पनि विभिन्न देश गएको उनले पछि थाहा पाए । पटकपटकको नेपाल आवतजावतपछि उनी अहिले आफ्नै देशमा अनागरिकको रूपमा छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया