अभिनेत्री कंगना रनौटले आफूमाथि महाराष्ट्र सरकारको योजनावद्ध आक्रमणलाई लिएर गर्भनर भगत सिंह कोश्यारीसँग भेट गरेकी छिन्।
कंगनाले आइतबार राज्यपालको कार्यालयमा पुगेर कोश्यारीसँग भेट गरेकी हुन्। उनले भेटका क्रममा आफूमाथि भइरहेको अन्यायको जानकारी गर्भनरलाई दिएको जानकारी दिइन्।
‘जुन प्रकारले महाराष्ट्र सरकारले ममाथि विभिन्न आरोप लगाएर अन्याय गरिरहेको छ, त्यसको अवगत गराए। म लाग्छ, अब न्याय पाउँछु,’ गर्भनरसँग भेट गरेपछि बाहिर निस्किएकी कंगनाले मिडियालाई जानकारी दिइन्।
कंगना ९ सेप्टेम्बरमा मुम्बई आएकी थिइन्। उनी कोरोनाका कारण लामो समयदेखि मनालीस्थित आफ्नो घरमा थिइन्। उनी मुम्बई आउनुअघि नै मुम्बई महानगरपालिकाले छोटो समयको नोटिसमा कंगनाको पाली हिलस्थित मणिकर्णिका फिल्मको कार्यालयमा तोडफोड गरेको थियो।
आफ्नो कार्यालयमा तोडफोड भएपछि कंगनाले महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरेलाई चुनौति दिएकी थिइन्।