गान्धीदेखि र ट्रम्पसम्म मुछिएको नोबेल पुरस्कार विवाद

रोचक कुरा, दोस्रो विश्वयुद्धका सुुत्रधार हिटलर आफैं कुनै समय यस पुरस्कारको मनोनयनमा परेका थिए !

संसारकै सबैभन्दा ठूलो, सबैभन्दा चर्चित र प्रतिष्ठित तर सबैभन्दा विवादास्पद पुरस्कारको नाम हो नोबेल पुरस्कार । भनिन्छ–आफूले आविष्कार गरेको डाइनामाइटबाट वैज्ञानिक अल्फ्रेड नोबेलले अकूत सम्पत्ति त कमाए तर आफ्नाे आविष्कारकाे मानवताविरोधी दुरुपयोग र त्यसले गरेको विध्वंशले दुःखित बनेका वैज्ञानिक नोबेलले मानवताको सेवा गर्नेलाई प्रदान गर्ने गरी पुरस्कारको स्थापना गर्ने इच्छा जाहेर गरेका थिए । र, उनको सोही इच्छालाई मूर्त रुप दिँदै जुन २९, १९०० मा निजी संस्थाको रुपमा नोबेल फाउण्डेसनको स्थापना भएको थियो र सन् १९०१ देखि नोबेल पुरस्कार प्रदान गर्न थालिएको थियो ।

मानवताको सेवा गर्नेलाई प्रदान गर्ने ‘पवित्र चाहना’का साथ स्थापित नोबेल पुरस्कार मानवताविरोधी अपराध कर्ममा लाग्नेहरुले पनि पाएको वा पाउने सूचीमा चढेको भनी बेलाबेलामा निक्कै चर्कौ हल्लीखल्ली र विरोध हुने गरेको छ । विशेषतः पुँजीवादी र समाजवादी खेमामा विश्व विभाजित भएको उत्कर्ष समयमा यो पुरस्कार समाजवादविरोधीहरुलाई पुरस्कृत गर्ने राजनीतिक हतियार बनेको आरोप लाग्ने गरेको थियो । र विवादको त्यही कडीमा निरन्तरता थप्दै पछिल्लो चरणमाअहिले यो पुरस्कारको एउटा विधा शान्ति पुरस्कारमा युद्धपिपासु, जातिवादी आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत नाम मनोनयनमा परेपछि नोबेल पुरस्कार पुनः एक पटक विवादको शिखरमा पुगेको छ । 

प्रकाशित मिति: : 2020-09-14 08:26:01

प्रतिकृया दिनुहोस्