शम्भु दंगाल
आइतबार दिउँसो ११ बजे । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको निकै ठूलो भीड थियो । चर्को घाममा एक घण्टादेखि उनीहरु ठेलमठेल गर्दै लाइनमा बसिरहेका थिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २१ दिनसम्म जारी निषेधाज्ञा खुकुलो गरेपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्स नविकरण र सवारी कर तिर्नका लागि कार्यालय खुलाएको थियो ।
भदौ मसान्तभित्र कर तिर्नुपर्ने अन्यथा जरिवाना लाग्ने भनिएकोले सर्वसाधारणहरु आफ्नो काम सक्न कार्यालयमा ठेलमठेल गरी लाइनमा बस्न बाध्य थिए । स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सरकारी तथा गैरसरकारी कार्यालय खोल्न पाइने प्रावधानसहित निषेधाज्ञा खुकुलो गरेपनि यातायात व्यवस्था कार्यालयको दृश्य भने फरक थियो ।